नेपालको सबैभन्दा ठुलो मौलिक लोकगायन रियालिटी शो ‘नेपाल लोक स्टारको पहिलो विजेता रोल्पाका १७ बर्षिय शनि विश्वकर्मा बन्न सफल भएका छन् ।
आज भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट शनिलाई नेपाल लोक स्टारको विजयी घोषणा गरिएको हो । उनले ५० लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् भने २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि प्राप्त गरेका छन् । स्याङ्जाका चेतन गोतामे दोस्रो बने उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाए भने उदयपुरका विनोद दनुवार तेस्रो बने उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरेका छन् ।