आज:  | Mon, 25, Sep, 2023

भारतको सिक्किममा इतिहास मै पहिलो पटक भाजपाले दुई सिट सहित १२ सिट हासिल

२०७६, ८ कार्तिक शुक्रबार २२:४८ मा प्रकाशित ( ३ साल अघि) १४२९२ पाठक संख्या

भारतको सिक्किम राज्यको विधानसभाको उपचुनावमा इतिहास मै पहिलो पटक भारतीय जनता पार्टीले दुई सिट जित हासिल गरेकोछ। सिक्किम विधानसभाका तीन सिटका लागि बुधबार भएको चुनावमा भाजपाले दुई सिट जितेको हो । यो सँगै सिक्किमका मुख्यमन्त्री पिएस गोले पनि विधानसभा सिटमा जित हासिल गरेका छन्  उनको पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले अहिले विधानसभा निर्वाचनमा बहुमत हासिल गरी गोले मुख्यमन्त्री बनेका थिए उनी मुख्यमन्त्री बनी राख्न यो पटक चुनाब जित्न संवैधानिक बाध्यता थियो।
यो जित सँगै ३२ सिटको विधानसभामा गोलेको पार्टीले १९ सिट प्राप्त गरेको छ भने चाम्लिङको पार्टी सिक्किम डेमोक्र्याटिक फ्रन्टका दश सांसद यस अघि नै भाजपामा गइसकेका छन्। उनको पार्टीबाट चाम्लिङ विधानसभामा एक्ला सांसद रहेनछन्। अहिले जितेका दुई सिट सहित सिक्किममा बिजेपीको १२ सांसद पुगेका छन्।
भारतमै सबैभन्दा धेरै समय २४ बर्ष सम्म मुख्यमन्त्री बनेको चाम्लिङका नाममा रेकर्ड बनेको छ।

खबर एक्सप्रेस