चिकित्सक डा. गोविन्द केसी कात्तिक १८ गतेदेखि फेरी अनसन बस्ने भएका छन् चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरु सहित सरकारलाई अल्टिमेटम दिएको मिति समाप्त भएको भन्दै फेरि अनसन बस्न थालेका हुन् उनले एक विज्ञप्ती जारी गर्दै मेडिकल कलेजहरुले अवैध रुपमा रकम असुल गरेको फिर्ता गर्न उनले माग राखेका छन्।
उता कात्तिक ७ गते वीरगन्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरुले शान्तिपूर्ण गरेको प्रदर्शनमा विद्यार्थीहरुलाई कलेज प्रशासनले बाहिरी मान्छे ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरेको भन्दै घटनाको डा. केसीले घोर भत्सना गरेका गरेका छन् भने विद्यार्थीमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासन मुखदर्शक बनेको भन्दै प्रहरी प्रशासनको पनि अपराधीसँग साँठगाँठ भएको गम्भीर आरोप लगाएका छन् ।
अवैध असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न पनि डा. केसीले माग गरे।