आज:  | Tue, 16, Apr, 2024

तिहारले पनी छेकेन बाग्मती सफाई अभियानलाई

२०७६, ९ कार्तिक शनिबार १४:१२ मा प्रकाशित ( ४ साल अघि) २०४३० पाठक संख्या

बागमती सफाइ महाअभियानको ३३७औ हप्ताको अभियान सम्पन्न भएको छ । बागमती सफ़ाई महाअभियान बिगत ७ बर्षदेखी निरन्तरता पाउदै आएको छ । आजको अभियानमा अधिकार सम्पन्न बागमती समितीका अध्यक्ष नरेन्द्र बहादूर बस्नेत कार्यवाहक आयोजना प्रमुखज्यू लगाएत नेपाली सेना, नेपाल प्रहरी, शशत्, वडा अध्यक्ष, एस ट्रावल्स, मुक्तिनाथ बिकास बैंक, समाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो । आज बागमती नदीबाट क़रीब ५ टन फोहर ब्यबस्थापन गरिएको अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
आजै काठमाडौ उपत्यकाको बागमती,विष्णुमती, रुद्रमती, मनोहरा, हनुमन्ते,गोदावरी, चक्रपथ  नख्खु,तिलगंगा, आलोकनगर, लगायतका नदी एवं टोल लगायतका बिभिन्न स्थानमा सफाइ अभियान सम्पन्न भएको छ ।
महाअभियानको ३३७औ हप्ताको तस्बिरहरु

 

खबर एक्सप्रेस