आज:  | Mon, 25, Sep, 2023

प्रधानमन्त्री स्वदेश फिर्ता

२०७६, १० कार्तिक आईतवार ११:३९ मा प्रकाशित ( ३ साल अघि) १४०४४ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्केका छन ।
गत बिहीबार प्रधानमन्त्री पत्नी सहित प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायत २१ सदस्यीय टोलीको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीले बाकुमा आयोजित सम्मेलनमा सम्बोधन सँगै सोही समयमा विभिन्न देशका राष्ट्रध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका थिए ।
विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन् । यस्तो नीति अगाँल्दै आएका नेपाल लगायतका देशहरू संगठित हुँदै गतिविधि सञ्चालन गर्दै आइरहेका छन् ।
कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल,राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले विमानस्थलमा स्वागत गरेका छन् ।

खबर एक्सप्रेस