आज:  | Thu, 30, Mar, 2023

नेकपा दैलेखमा विद्रोह समानान्तर कमिटी गठन

२०७६, १० कार्तिक आईतवार १५:१२ मा प्रकाशित ( ३ साल अघि) १४०१३ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टीको दैलेखमा विद्रोह भै समानान्तर कमिटी गठन गरिएको छ। गत मंगलबार जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा,सचिव प्रेमबहादुर कटुवाल र केही प्रदेश र जिल्ला कमिटी सदस्यको उपस्थितीमा दुई प्रतिनिधिसभा क्षेत्र,चार प्रदेशसभा क्षेत्र समन्वय कमिटी,११ वटा स्थानीय तह र ९० वटा वडा कमिटी घोषणा गरिएको थियो व्यक्तिगत स्वार्थमा केही नेताले कमिटी गठन गरेको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएर समानान्तर कमिटी गठन गरेको हो।
को-को छन् त असन्तुष्ट पक्षमा ?
यो समूहको नेतृत्व नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य अम्मरबहादुर थापाले गरेका छन् भने इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सह–इन्चार्ज राजबहादुर बुढा, प्रदेश कमिटी सदस्य पार्वती कुमारी विशुन्के, टेकबहादुर खाण लगाएत छन् यो पक्षले कात्तिक १५ सम्मको अल्टिमेट दिएको छ। यदी पार्टी नेतृत्व नसच्चिए फेरी भेला गरेर सबै कमिटी गठन गर्ने भएको छ।

खबर एक्सप्रेस