आज:  | Thu, 28, Sep, 2023

आजबाट हिमालय एयरलाइन्सको बेइजिङ उडान

२०७६, १० कार्तिक आईतवार १५:५४ मा प्रकाशित ( ३ साल अघि) १७७०२ पाठक संख्या

नेपाल–चीन संयुक्त वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आइतबारदेखी काठमाडौं बेइजिङ आफ्नो पहिलो उडान सार्वजनिक गर्दै दुई देशका राजधानीबीच सिधा हवाई सञ्जाल स्थापना गरेको हो ।
हिमालयन एयरलाइन्सले हरेक हप्ता तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भर्न नयाँ तालिका सार्वजनिक गरेको छ । चीनबाट अहिले व्यावसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरुको संख्या ह्वात्तै बढिरहेको छ ।
आज आयोजित पूर्व–उडान उद्घघाटनको केक काट्ने कार्यक्रममा संस्कृति,पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत होउयाङची र सचिव केदार बाहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

खबर एक्सप्रेस