आज:  | Fri, 01, Dec, 2023

अमेरिकी कमान्डोले ईस्लामिक स्टेटका प्रमुख बग्दादीलाई मारे

२०७६, १० कार्तिक आईतवार २१:१३ मा प्रकाशित ( ४ साल अघि) १४९७४ पाठक संख्या

स्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले उत्तरी सिरियामा मारेको जानकारी आइतबार साँझ पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् ।
पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार बग्दादीलाई अपरेशन क्रममा अमेरिकी सैन्य विमान र हलिकप्टरले बग्दादी बसेकाे ठाउँमा आक्रमण गरेका थिए। आक्रमण क्रममा सेनाहरू विमान तथा हेलिकप्टरबाट झरेर बग्दादी बसेको घरमा गोली हानेका थिए। त्यसपछि बग्दादी आफू बसेको ठाउँबाट आफ्ना तीन सन्तानसहित भागेर एउटा सुरूङभित्र छिरे सुरूङ एकतर्फी मात्र भएकाले उनीहरू भाग़्न सकेनन् अमेरिकी सेनाका कुकुरहरू पछिपछि लखेट्दै भित्र छिरे भाग्न सक्ने अवस्था नभएपछि बग्दादीले आफ्नो शरीरमा लगाइराखेको सुसाइड भेस्ट पड्काउँदा उनीहरू मारिएको ट्रम्पले जानकारी दिए । सन् २०१४ यता नदेखिएका बग्दादी आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले ‘ल्याब’ नै बोकेर गएको त्यहीँ उनको डिएनए परीक्षण गरिएको थियो। यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका छन्।
गत वर्ष रसियाली सेनाले पनी आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेको थियो तर रसियाली सेनाको सो दाबीलाई गलत सावित गर्दै गत वैशाखमा बग्दादी एक भिडिओमार्फत सार्वजनिक भएका थिए । भिडिओमा उनले सिरियामा मारिएकाहरूको बदला लिने बताएका थिए ।

खबर एक्सप्रेस