आज:  | Fri, 01, Dec, 2023

देश अहिले निकै अप्ठेरो अवस्थामा पुगेको छ – काँग्रेस सभापति देउवा

२०७६, ११ कार्तिक सोमबार २१:०१ मा प्रकाशित ( ४ साल अघि) ३१४०४ पाठक संख्या

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताए । नेपाली काङ्ग्रेस भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले यो कुरा बताएका हुन् ।
देशमा अहिले कम्युनिस्ट सरकार छ देश निकै अप्ठेरो अवस्थामा पुगेको छ सरकारले नेपाली जनताका अधिकार खोस्न नयाँ नयाँ विधेयकहरु ल्याउने जग्गा जमिन पनि खोस्ने कार्य गरीरहेको भन्दै देउवाले सरकारको कडा आलोचना गरे ।
भष्टाचार बढेको, महंगी बढेको, देशमा सुशासन नभएको जनतामा तिब्र निराशा छाएको भन्दै सरकारले यसको जवाफ दिनुपर्ने बताए सोही कार्यक्रममा उनले आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा काँग्रेस उम्मेदवारलाई विजयी गराउन समेत आग्रह गरे ।

खबर एक्सप्रेस