आज:  | Thu, 28, Sep, 2023

भाइटीकाको साईत मध्यान्ह ११:५५ बजे उत्तम

२०७६, १२ कार्तिक मंगलवार ०९:०४ मा प्रकाशित ( ३ साल अघि) १३५४८ पाठक संख्या

नेपालीको दोस्रो ठूलो पर्ब तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । 

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन पर्ने भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य,श्रद्धा,र निष्ठाका साथ परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

आज दिनभर भाइटीकाको टीका लगाउन कुनै बाधा छैन साइत हेर्नेका लागि भने मध्यान्ह ११:५५ को समय उत्तम रहेको छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन भयपनी भनी शास्त्रीय मान्यतामा टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ । टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी अन्य खानेकुरा दिने साथै र दाजुभाइले पनी दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनी बि.स. २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्न सकिने छ ।

यो पटक बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउँदैछन् ।

खबर एक्सप्रेस