पूर्व राजा ज्ञानेन्द्र विर बिक्रम शाहले १० बजेर ५१ मिनेटमा कमलादीस्थित आफ्नी बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट तिहारको टीका र प्रसाद ग्रहण गरेका छन ।
सोही स्थानमा छोटो प्रतिक्रिया दिदै पूर्वराजाले जुनसुकै परिवर्तन हुदाखेरी दुई वटा महत्वपूर्ण कुरा हुनुपर्छ, एउटा प्रकृती र अर्को बिकास यी दुई वटा कुरालाई मनन गरेन बुझेन भने परिवर्तनको माने हुदैन र परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्न सक्छ । बिकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन हैन आज परिवारजनसँग शान्त,सुख वाताबरणमा बस्ने अवसरको दिन हो सबैले यो अवसर पाओस् केहीदिन अघि हामी सबैले लक्ष्मी पूजा मनाएका थियौं । धेरैले भएको धन नमासियोस भनी प्रार्थान गरे होलान् कतिले भएको धन अझ बृद्धि होस भन्ने अभिलाषा राखे होलान, तर मैले धन हुनेलाई मन पावोस, मन हुनेलाई नेपालीपन पाओस् भनेर प्रार्थाना गरेको थिए । त्यही दिन मलाई हाम्रो कबिवर लक्ष्मीप्रसाद देवकोटाको सम्झना आएको थियो वहाँले लेल्नु भएको कुरा थियो सुख भनेको कुरा के हो र वहाँले नै जवाफ दिनुभाछ आफैलाई नै मेटिएर भएपनि अर्काको सुख गर्नु नै सुख हो यही भावना हामी सबैमा आवोस यही बिचारले हाम्रो जिन्दगी राम्रो र सुख शान्तीसँग बस्न पावोस भनेर मेरो कामना छ भनि शुभकामना व्यक्त गरे ।