आज:  | Fri, 01, Dec, 2023

दिक्तेलबाट विराटनगर जाँदै गरेको बस कामीडाडाँमा दुर्घटना

२०७६, १३ कार्तिक बुधबार १२:०८ मा प्रकाशित ( ४ साल अघि) १५९६६ पाठक संख्या

पुर्बान्चल संबाददाता 

दिक्तेलबाट विराटनगर जाँदै गर्दा को १ ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा आज बिहान दुर्घटना हुँदा १४ जना यात्रि घाइते भएका छन् ।

घाइतेहरुको अहिले दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार १४ मध्ये दुईजना भने सामान्य घाइते छन् ।

बस चालक जेवी तामाङ फारार छन। बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ । घाइतेहरुको नाम खुल्न सकेको छैन । 

खबर एक्सप्रेस