प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य चेक गर्दा रिपोर्टको आधारमा आकस्मिक मिर्गौलाको डायलासिस गरिएको स्रोतले बताएको छ ।प्रधानमन्त्री आजै ग्राण्डी अस्पताल भर्ना भएका थिए ।
तर अस्पतालका मेडिकल डाइरेक्टर र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस बिज्ञप्तीमा भने यसबारे कुनै जानकारी गरीएको छैन ।
उल्टो प्रेस बिज्ञप्तीमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने बताईएको छ, भने चिकित्सक र अस्पताल प्रशासनलाई प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन रोक लगाइएको छ ।
यो बारे नेकपाको स्रोतसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा राखेर थप डायलासिस गरिने जानकारी आएको छ प्रधानमन्त्रीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।