आज:  | Tue, 16, Apr, 2024

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र र उपकप्तानमा दीपेन्द्र सिंह ऐरी

२०७६, १३ कार्तिक बुधबार २२:४२ मा प्रकाशित ( ४ साल अघि) १६५८६ पाठक संख्या

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई अर्को व्यवस्था नभएसम्मका लागी जिम्मेवारी दिएको । यसअघि पारस खड्काले गत आइतबार इमेल मार्फत क्रिकेट संघमा आफ्नो राजीनामा बुझाएका थिए । क्यानले कप्तानमा फर्किन गरेको आग्रहलाई पारसले स्वीकार नगरेपछि उनको राजीनामा स्वीकृत गरिएको छ ।
अहिले अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिईएको क्रिकेट संघले बताएको छ भने दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
पारसले करिब एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरे भने ज्ञानेन्द्र मल्लले उपकप्तानको भूमिका निर्बाह गरेका ।

खबर एक्सप्रेस