आज:  | Fri, 29, Mar, 2024

लक्ष्मी मुर्ति बिर्सजनका क्रममा कृष्णनगरमा एकजनाको मृत्‍यु

२०७६, १४ कार्तिक बिहीबार २१:२७ मा प्रकाशित ( ४ साल अघि) १५५६३ पाठक संख्या

लक्ष्मी मुर्ति बिर्सजनका क्रममा कृष्णगनरको झन्डेनगरमा एकजना युवाको गोली लागी मृत्‍यु भएको छ ।सुरक्षाकर्मीले आवश्यक पुर्व सर्तकता र सवधानी नअपनाउदा यो घटना भएकोछ। गत बर्ष पनी दशैमा मुर्ति बिर्सजनको क्रममा दुई समुदाय बिच बिवाद पछि झडप हुदा ३ दिनसम्म कर्फ्यु लागेको थियो । प्रहरी र सर्वसाधरण तर्फ केही घाईते भए पनि मानवीय क्षति भएको थिएन तर यसपटक भने सुरक्षा सर्तकता नअपनाईएका कारण युवा सुरज कुमार पाण्डेयले गोली लागी मृत्‍यु भएको छ ऊनी बिगत १०बर्ष देखि कृष्णगनरमा चिया पसल संचालन गदै आएका थिय भने ऊनी भारतीय नागरिक भएको बताईएको छ । घटनामा प्रहरी र प्रर्दशनकारी गरी दर्जन बढी घाईते भएका छन ।

खबर एक्सप्रेस