आज:  | Sat, 13, Apr, 2024

जनकपुरको फोहोरले गर्दा हामी सबैको शीर निहुरिन्छ

२०७६, १४ कार्तिक बिहीबार २१:५६ मा प्रकाशित ( ४ साल अघि) १८८१८ पाठक संख्या

नेपाल भ्रमण वर्ष २०२०लाई प्रचार प्रसार र प्रवर्द्धन गर्ने अभियानको शुरुवात जनकपुरबाट भएको छ । प्रदेश २ को राजधानी जनकपुरधामबाट संघिय तथा प्रदेश सरकारका मन्त्रीहरुले संयुक्त रुपमा यो अभियानको शरुवात गरेका हुन् । धनुषाको तिरहुतियागाछीमा सम्पन्न भएको कार्यक्रममा संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, पर्यटन मन्त्री योगेश भट्टराई, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश पर्यटनमन्त्री रामनरेश राय यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह लगायतले संयुक्त रुपमा हातेमालो गर्दै भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले जनकपुर धार्मिक पर्यटन स्थल हो यहाँ धेरै पर्यटक भित्रयाउन सकिन्छ तर जनकपुरको फोहोरले गर्दा हामी सबैको शीर निहुर्‍याएको छ जब जनकपुरको फोहोरका कुरा हुन्छ आफ्नो मनमा पनि आत्मग्लानी हुन्छ के भन्ने नभन्ने थाहा हुँदैन जनकपुरलाई हराभर, सफा र सुन्दर बनाए मात्र पर्यटक आउने भन्दै उनले भने विहान साँझ लोटा लिएर सडक छेउमा शौच गर्न बस्नेहरुलाई हेर्न पर्यटक आउँदैन भन्दै कडा रुपमा प्रस्तुत भए ।
पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्दै लगानी गर्न आफूहरु तयार रहेको कुरा ब्यत गरे ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया सुरु गरिसकेको भन्दै सहयोग गर्न संघीय सरकारलाई आग्रह गरे ।

खबर एक्सप्रेस