आज:  | Fri, 26, Apr, 2024

ढुङ्गा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७६, १५ कार्तिक शुक्रबार १०:२१ मा प्रकाशित ( ४ साल अघि) १३१७६ पाठक संख्या

ढुङ्गा प्रहार गरी आफ्नै २३ वर्षीया श्रीमती जिना राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१५ खोरीयाबस्ती बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिनालाई ढुङ्गा प्रहार गरी फरार भएका अर्जुनलाई सोही ठाउँस्थित धरानबाट पानबारी जाने बाटोको सेउटी पुलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय धरानले जानकारी दिएको छ ।

खबर एक्सप्रेस