आज:  | Sat, 10, Dec, 2022

दुई राउण्ड गोली सहित एक पक्राउ २ फरार

२०७६, १५ कार्तिक शुक्रबार १०:२९ मा प्रकाशित ( ३ साल अघि) ९७९७ पाठक संख्या

बिदेह नगरपालिका-९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डललाई २ राउण्ड गोली सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२ ए ६५४४ नम्बरका मोटरसाइकल जाँचको लागि रोक्ने क्रममा मोटरसाइकल छाडी भाग्न खोजेका मण्डललाई प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले उक्त गोली र दुबै मोटरसाइकल सहित पक्राउ गरेको हो ।

हाल फरार रहेका उक्त मोटरसाइकलमा सवार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर एक्सप्रेस