पाल्पाको रामपुर नगरपालिका ८ खोरियाघाटबाट इन्टरनेटको तार तान्ने क्रममा एक युवक कालीगण्डकी नदिमा डुबेर वेपत्ता भएका छन् ।
रोहिणी गाउँपालिका ४ रुपन्देहीका २४ वर्षिय जय किशोर यादव वल्र्डलिंङ्क कम्युनिकेशनको फाईवर तार तान्नको लागि डोरी तार्ने क्रममा नदीमा वेपत्ता भएका हुन् ।
वेपत्ता यादवको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।