आज:  | Fri, 29, Mar, 2024

मुख्य अभियन्ता लिलामणी पौडयाल जुटे बागमती सफाईमा

२०७६, १६ कार्तिक शनिबार २१:०४ मा प्रकाशित ( ४ साल अघि) २५८५५ पाठक संख्या

बागमती सफाइ महाअभियानको ३३८औ हप्ताको अभियान सम्पन्न भएको छ । आजको अभियानमा सांसद रामेश्वर फुयाल, छिरिङ दोर्जे लामा, बागमती सफाई महाअभियानका मुख्य अभियन्ता एवं पूर्व मुख्यसचिब लिलामणी पौडयालको बिशेष सहभागीता रहेको थियो । गुहेश्वरी मन्दिर आसपासमा सम्पन्न अभियानमा अधिकार सप्पन्न वाग्मती समितिको अध्यक्ष नरेन्द्र राज बस्नेत, आयोजना प्रमुख लिला प्रसाद ढकाल लगाएत नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, मुक्तिनाथ बिकास बैंक लगाएत अभियन्ताहरुको सक्रिय सहभागीता रहेको थियो भने नदीबाट करीब २ टन फोहर ब्यबस्थापन गरिएको अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
आजै काठमाडौ उपत्यकाका बिभिन्न स्थानमा र बागमतीका सहायक नदीहरु बागमती,विष्णुमती, रुद्रमती, मनोहरा, हनुमन्ते, गोदावरी, चक्रपथ, नख्खु, तिलगंगा, आलोकनगर, लगायतका नदी र टोलहरुमा सफाइ अभियान सम्पन्न भएको छ ।

 

खबर एक्सप्रेस