काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्न प्रक्रिया अघि बढाएको छ ।
एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ । निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।