आज बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुलाई हटाउनको लागी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेकोमा त्यही सिफारिसलाई हेरी संविधानको धारा १६५ को उपधारा १ बमोजिम सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले सातै प्रदेश प्रमुखहरुलाई २०७४ माघ ३ गते नियुक्त गरेको थियो।
तत्कालिन कांग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो यो नियूतिmमा नेकपा एमाले सरकारले आफ्नो असहमति जनाउदै नयाँ सरकार बन्ना साथ प्रदेश प्रमुखहरुलाई हटाउने बताउदै आएको थियो । तर यो सरकारलाई तत्काल प्रदेश प्रमुखहरुलाई हटाउन संवैधानिक व्यवधानले रोकेको थियो ।