दोलखाको मागा देउरालीबाट काठमाण्डौं आउँदै बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग सुकेटे नजिक सडकबाट सुनकोसी नदीमा खस्दा १७ जनाकोे मृत्यु भएको छ भने कतिपय खोलाले बगाएर लिएको छ । दुर्घटना स्थलबाट बसका चालक धनबहादुर तमाङ लगायतलाई उद्दार गरी खाडीचौर अस्पताल र केहीलाई बनेपामा उपचार भै रहेको प्रहरीले जनाएको छ । बसमा झण्डै ४० जना यात्रु रहेको प्रहरीको भनाई छ ।