आज:  | Sun, 02, Apr, 2023

निर्वतमान सभामुख महरा जेल चलान

२०७६, १८ कार्तिक सोमबार १९:४३ मा प्रकाशित ( ३ साल अघि) १६२७६ पाठक संख्या

निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो आदेश सँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमााडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेश अनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । उनलाई संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।

खबर एक्सप्रेस