आज:  | Fri, 01, Dec, 2023

‘धुपौरे’ बाट हात झिके अनमोलले

२०७६, २० कार्तिक बुधबार १३:५४ मा प्रकाशित ( ४ साल अघि) २१३२९ पाठक संख्या

साम्तेन भुटियाको निर्देशनमा बन्ने भनिएको चलचित्र धुपौरे बाट नायक अनमोल केसीले हात झिकेका छन।

अनमोलले चलचित्रका लागि प्रारम्भिक वर्कशप पनि गरेका थिए तर अचानक अनमोलले चलचित्र बाट हात झिकेको खबरले अब चलचित्र नबन्ने खबर बाहिरिएको छ।

बिशेष स्रोतका अनुसार चलचित्रको कथामा हेरेफेर भएपछि अनमोलले चलचित्र नगर्ने निर्णय लिएका हुन्। तर यता निर्माता जयन श्रेष्ठले भने चलचित्रको काम भित्री रूपमा भैराखेको बताएका छन ।

खबर एक्सप्रेस