आज:  | Fri, 29, Mar, 2024

‘प्रेम गीत३’ को मोसन टिजर रिलिज

२०७६, २० कार्तिक बुधबार १९:२० मा प्रकाशित ( ४ साल अघि) ३५९३० पाठक संख्या

यो बर्षको बहुप्रतिक्षित चलचित्र प्रेमगित ३ को फस्ट लुक मोसन टिजर सार्वजनिक भएकोछ। टिजरमा नायक प्रदीप खड्कालाई निकै नै रौद्र रूपमा देख्न सकिन्छ ।

चलचित्रको मोसन टिजर ओ एस आर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

चलचित्रको छायांकन मनाङ र काठमाडौमा हुने निर्माता सेनले जानकारी दिएका छन । चलचित्रको छायांकनका लागि नेपाल मै पहिलो पटक ठुलो सेट निर्माण गरिएको निर्माण युनिटको दाबी छ ।
फ्लोरमा ननिस्किदै फिल्म ‘प्रेमगीत–३’ को चर्चा हेर्दा यस्तो लाग्छ यसले बक्सअफिसमा आँधी ल्याउँदैछ । दर्शकमाझ यतिबेला कुनै फिल्मको सर्वाधिक चासो छ भने त्यो फिल्म हो ‘प्रेमगीत–३’ यो फिल्म छायाङकन अगावै बहुप्रतिक्षित बनेको छ ।

यहि महिनाको २२ गते देखि फ्लोरमा जाँदै गरेको ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा लेखेका हुन् । वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ एगतेबाट दर्शकमाझ रिलिज गरिनेछ ।

हेर्नुस टिजर :

खबर एक्सप्रेस