आज:  | Fri, 08, Dec, 2023

महराले मलाई पनि ढाँटेर गम्भीर गल्ती गर्नुभयो

२०७६, २० कार्तिक बुधबार २३:२६ मा प्रकाशित ( ४ साल अघि) १६१८३ पाठक संख्या

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले नैतिक कमजोरी गरेको बताएका छन् पार्टीका नेताहरूलाई पनि ढाँटेर उनले गम्भीर गल्ती गरेको बताएका छन् ।
दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि वहाँले ढाट्नु भयो । म आफैं जाँदा पनि मलाई पनि ढाट्नुभयो वहाँले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।
उनको गल्तीबारे हामीले हैन अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नै छ भन्दै यसमा महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने बताए । महारा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

खबर एक्सप्रेस