आज:  | Fri, 29, Mar, 2024

दाङमा राप्रपा अध्यक्ष कमल थापा गर्जे

२०७६, २१ कार्तिक बिहीबार ००:१४ मा प्रकाशित ( ४ साल अघि) १७८८८ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले नेतृत्व सहीबाटोमा नहिडदा नेपालमा विदेशी हस्तक्षेप बढेको र नेपाली भूमि मिचीदै गएको गम्भिर आरोप लगाएका छन् आज दाङको कार्यक्रममा बोल्दै भारतले हाम्रो लिपुलेक आफ्नो भनेर नक्सा नै बनाएर सार्वजनिक गरेको भन्दै यसमा हाम्रा प्रधान्मन्त्री मौन बस्नुले अचम्मित भएको बताय। 

चुनावी सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले नेपालको अभिभाज्य भूमि कब्जा गर्ने कार्य को आपत्ति समेत जनाए । भारतले धेरै लामो समयदेखि कालापानी र लिपुलेकमा अनाधिकृत रूपमा कब्जा गर्दै आएको भए पनी त्यो कार्यको बिरोध गरेका छन् ।

खबर एक्सप्रेस