बाँके, नेपालगंजमा केही दिन अघि तरुण दल नेपालगन्ज नगरका सभापति संदिप जंग शाहलाई प्रहरीले नमस्ते रिसोर्टबाट अमेरिकन पेस्तोलसहित पक्राउ गरेको थियो ।
तर तरुणदलले शाहलाई प्रहरीले फसाएको आरोप लगाउँदै आएको छ । घटनाको छानवीन गर्न प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा एक छानवीन समिति गठन गरिसकेको छ । निर्दोष तरूण नेता संदिप जंग शाह सहितलाई कोहलपुर प्रहरीले फसाएको बिरोधमा नेपाल तरूणदल बांकेले बांके बन्दको घोषणा गरी सरकारको बिरोध गरेको छ ।
अहिले कार्यकर्ताले बाकेको ठाऊ ठाऊमा नारा जुलुस सहित टायर बालेर बिरोध प्रदशन भै रहेको छ ।