आज:  | Fri, 19, Apr, 2024

भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपालमा

२०७६, ३० कार्तिक शनिबार १०:०३ मा प्रकाशित ( ४ साल अघि) १७७९५ पाठक संख्या

युनिसेफको सद्भावना दूतको रुपमा भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्।उनी आज बिहान किर्तिपुर टियु मैदानमा हुने बालबालिकासँगको क्रिकेट खेलमा खेल्दैछन्।

खेल १० ओभरको हुनेछ । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो। स्रोतका अनुसार उनी आज दिउँसो काभ्रेपलाञ्चोकको एउटा कार्यक्रममा सहभागि हुनेछन्। उनी शनिबार नै भारत फर्कनेछन्।

खबर एक्सप्रेस