आज:  | Thu, 18, Apr, 2024

राष्ट्रिय फुटबल टिमका ४जना खेलाडि कार्बाहीमा

२०७६, ३० कार्तिक शनिबार २०:४७ मा प्रकाशित ( ४ साल अघि) १९२२१ पाठक संख्या

एन्फाले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल,अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको छ। ऊनीहरू चारै जना शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए भने शनीवार ऊनीहरू भुटान जाने कार्यतालिका रहेको थियो । उनिहरुले अनुशासन उल्लंघन गरेकोले तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए । उनले भने ठमेलको नाइट क्लबमा गएर मातिएको अवस्थामा भेटिएपछि विमल,अञ्जन,दिनेश र सन्तोषलाई टिमबाट तत्कालको लागि हटाइएको छ ।
नेपाली टिम शनिबार (आज) कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो । नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ ।
तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ । किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन् ।
एन्फा प्रवक्ता राईले पनि त्यसलाई स्वीकार गरे । उनले भने, यसले टिममा निकै ठूलो असर पारेको छ । तर हामीसँग अन्य खेलाडी पनि एकसेएक छन् ।

खबर एक्सप्रेस