प्याजको मूल्य निकै महंगो भएपछि सेक्रेटरी हसन जाहिदले बाताएको भन्दै अन्तर्राष्ट्रिय मिडियाले यस्तो समाचार सार्वजनिक गरेका छन्। आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनताला पनि निरुत्साहित गर्ने उनको सोच छ । बंगलादेशमा केही समयअघि ३०टाका प्रतिकिलो प्याजको मुल्य बढेर अहिले २ सय ६० टाका पुगेको छ । उता विपक्षी दलले आन्दोलनको घोषणा गर्दै हसिनाको सरकारको अस्थिर अर्थनीतिका कारण तरकरीको भाउ उच्च भएको आरोप लगाएको छ ।
उपभोक्तालाई सीमित राहत दिन सरकारले किलोको ४५ टाकामा प्याज विक्री सुरु गरेको छ। भारतबाट अन्य मुलुकमा प्याज निर्यात नभएपछि नेपालमा पनि यसको प्रभाव परेको छ तरकारीको ठुलो बजार कालिमाटीमा अहिले सुकेको प्याज थोक मूल्य १६० रुपैयाँ तोकिएको छ । प्याजको खुद्रा मूल्य भने औसत १८० रुपैयाँसम्म रहेको छ ।