आज:  | Thu, 28, Mar, 2024

मन्त्रिमण्डल हेरफेर

२०७६, ४ मंसिर बुधबार २२:१५ मा प्रकाशित ( ४ साल अघि) १६७७२ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीलाई हटाए भने केहीलाई नयाँ नियुक्त र केहीलाई जिम्मेवारी हेरफेर गर्दे बुधबार साँझ नामवली राष्ट्रपति कार्यालयमा पठाएका छन् । सुचीलाई औपचारिक सार्वजनिक गरिएको छैन ।
नेकपा स्रोतकाअनुसार प्रधानमन्त्रीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरी नेकपाका भानुभक्त ढकाललाई दिएका छन् कानुनमन्त्री ढकाल अब स्वास्थ्यमन्त्री बन्नेछन भने उपेन्द्र यादव कानुनमन्त्री हुनेछन् । तत्कालिन एमालेबाट मन्त्रि बनेका रघुवीर महासेठ, गोकर्ण बिष्ट,लालबाबु पण्डित र थममाया थापा र तत्कालिन माओबादीबाट मन्त्रि बनेका चक्रपाणि खनाल, मात्रिका यादव र राज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।
थप हुने मन्त्रिमा ओलीले हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।

खबर एक्सप्रेस