नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । भारतिय आयल कर्पोरेशन (‘आईओसी) ले डिसेम्बर १ मा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बृद्धि गरी पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल निगमले जनाएको छ । यसअघि प्रतिलिटर १ सय ७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएर पठाएको भएपनि त्यसको मूल्य भने नबढाइएको निगमले बताएको छ ।