आज:  | Thu, 28, Mar, 2024

अञ्जली चन्दको महिला क्रिकेटमा नयाँ कीर्तिमान

२०७६, १६ मंसिर सोमबार २२:४० मा प्रकाशित ( ४ साल अघि) १७६४० पाठक संख्या

१३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ ।

अञ्जली चन्दले माल्दिभ्सविरुद्ध महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान गरेकी छिन ।

उनले पहिलो ओभर मेडन राख्दै तीन विकेट लिइन् । त्यस्तै दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । र तेस्रो ओभरमा थप एक विकेट लिइन् । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन् ।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीनविरुद्धको खेलमा ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।

खबर एक्सप्रेस