आज:  | Wed, 27, Mar, 2024

चिरीबाबुले अपागंता भएकाहरुसँग गरेको प्रतिबद्धता पुरा गरे

२०७६, १७ मंसिर मंगलवार २१:३३ मा प्रकाशित ( ४ साल अघि) १३१७६ पाठक संख्या

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भए लगत्तै प्रमुख महर्जनलाई बधाई दिन अपागंता भएकाहरु ब्यक्तीहरु महानगरको कार्यालयमा आए । तर त्यो बेला महानगरमा लिफ्ट थिएन उनी बधाई थाप्न आफै भुइँ तल्लामा ओर्र्लिए त्यो बेला उनलाई निकै नरमाइलो लागेको बताउदै ह्वीलचियरमा आएकासँग उनले जतिसक्दो छिटो लिफ्ट बनाउने प्रतिबद्धता गरेका थिए तर आज त्यही स्थानमा अपागंता भएका व्यक्तिहरु लिफ्ट चढेर आफ्नो कार्य कक्षमा पुगेका कारण आफू निकै खुशी भएको प्रमुख महर्जनले बताए उनले भने, ‘निर्वाचनमा विजयी हुँदा मलाई जस्तो खुशी लागेको थियो अहिले त्यस्तै खुशी छु । साँढे दुई वर्ष अघि आफूले अपागंता भएकाहरुसँग गरेको प्रतिबद्धता पुरा भएकोमा खुशी भएको प्रमुख महर्जनले प्रष्ट पारे। उपप्रमुख अन्तर्राष्टिय अपागंता दिवस कार्यक्रमका संयोजक गीता सत्यालले महानगरभित्रका अपागंता भएकाहरुलाई परिचय पत्र वितरण गरिरहेको बताइन् ।
ललितपुर महानगरले २८ औं अन्तर्राष्ट्रिय अपागंता दिवसको दिन पारेर लिफ्ट उद्घाटन कार्यक्रम तय गरेको हो । महानगरले अपागंता भएकाहरुको आत्मबल बढाउन अपागंता खेलकुद प्रदर्शनी आयोजना केही दिन गरेको थियो । प्रमुख महिला विकास अधिकृत महेश्वरी विष्ट रावलले अपागंता भएकाहरुको समस्या सम्बोधन गर्न महानगरले योजनाबद्ध ढंगबाट काम गरिरहेको बताइन्  महानगरका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनका अनुसार अत्याधुनिक यो लिफट्को क्षमता एक हजार किलो रहेको छ दुई तर्फ ढोका छ ।

खबर एक्सप्रेस