आज:  | Thu, 28, Sep, 2023

हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

२०७६, १४ पुष सोमबार १८:५७ मा प्रकाशित ( ३ साल अघि) १५९६६ पाठक संख्या

मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले भारतको जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा साेमबार रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् बताएका छन् ।
मंगलबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बुधाबार बेलुकीसम्म अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमासमेत भारी हिमपात हुने उहाँले बताउनुभयो ।
यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भई तापक्रम घट्ने र देशैभरी चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो । यस्तै, यही प्रणालीका कारण आउँदो बिहीवार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।

खबर एक्सप्रेस