आज:  | Tue, 26, Sep, 2023

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ नेकपाका सबै उम्मेदवार विजयी भएका छन् ।

२०७६, ९ माघ बिहीबार २२:०५ मा प्रकाशित ( ३ साल अघि) १७४२३ पाठक संख्या

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ नेकपाका सबै उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् । अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निरबहादुर विकले २७ सय १८ मतभार पाए ।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए ।

खबर एक्सप्रेस