आज:  | Wed, 17, Apr, 2024

नेपाल वायुसेवा निगमका २२ जना पाइलटको सामूहिक राजिनामा

२०७६, १० माघ शुक्रबार १२:३५ मा प्रकाशित ( ४ साल अघि) १५३४६ पाठक संख्या

नेपाल वायुसेवा निगमका २२ जना पाइलटले विदेशी पाइलट र स्वदेशी पाइटलबीच सेवा सुविधामा विभेद गरिएको भन्दै निगमको अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटहरुले सामूहिक राजीनामा दिएका छन्। निगमको इतिहासमै पहिलोपटक यति धेरै पाइलटले एकैपटक राजीनामा दिएका हुन् ।

व्यवस्थापनका कारण निगम धरासायी भएको पनि उनीहरुले राजीनामाको कारणमा उल्लेख गरेका छन् ।राजिनामा गर्नेमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराई रहेका छन् ।

खबर एक्सप्रेस