आज:  | Tue, 16, Apr, 2024

प्रेमगीत ३ को मंगलबार पहिलो गीत ‘हात्ती ढुंगामा’ रिलिज हुँदै

२०७६, २० माघ सोमबार २२:०८ मा प्रकाशित ( ४ साल अघि) १३०२१ पाठक संख्या

वर्षकै प्रतिक्षित सिनेमा मध्येको एक ‘प्रेमगीत ३’ चैत २८ देखि रिलिज हुँदैछ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको सिनेमालाई लिएर दर्शक एकदमै उत्सुक छन् ।अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री क्रिष्टिना गुरुङ फिचर्ड गीतको पर्खाइमा व्यग्रता छाएको छ ।

यसै बीच निर्माण पक्षले गीत छायांकनका केहि स्टिल तस्विर सार्वजनिक गरेको छ । तस्विरमा मनाङको पृष्ठभुमि र छायांकनको दृश्य आत्मसाथ गर्न सकिन्छ ।

कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।

‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ छिन। फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा अन्य कलाकारमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।
फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मको बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

 

खबर एक्सप्रेस