आज:  | Fri, 29, Mar, 2024

ललिता निवास जग्गा प्रकरण बारे गच्छदार गुनासो

२०७६, २८ माघ मंगलवार १५:३० मा प्रकाशित ( ४ साल अघि) १३३६२ पाठक संख्या

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा उपसभापति विजयकुमार गच्छदार करिब दुई घण्टा बोल्दै आफूमाथि ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाएको र यो कांग्रेसमाथिको आक्रमण भएको पनि बताएका छन् ।

उनले मुद्दा दर्ता हुने सुइँको पाएपछि राष्ट्रपति, प्रधानमन्त्री, पार्टी सभापति शेरबहादुर देउवा, सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरे पनि आखिरमा मुद्दा दर्ता गरिएको गुनासो गर्दै गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पटकपटक आग्रह गरेअनुसार आफूले बालुवाटार बाटो फराकिलो र व्यवस्थित गर्न प्रस्ताव लगेको केन्द्रीय समिति बैठकमा बताएका हुन्।

‘सरकारी जग्गा व्यक्तिका नाममा सार्न मोही खडा गर्ने, लालपूर्जासमेत बनाउन चलखेल गर्ने काम मैले गरेको होइन। ममाथि कांग्रेस भएकै आधारमा राजनीतिक प्रतिशोधले झूटा मुद्दा लगाइएको हो, मलाई फसाइएको छ, म दोषी होइन,’ गच्छदारले बैठकमा राखेका कुरा उद्धृत गर्दै एक केन्द्रीय समिति सदस्यले बतायका छन ।

खबर एक्सप्रेस