आज:  | Fri, 29, Mar, 2024

केजरीवालले भने गजब गरे दिल्लीबासीले आई लव यू

२०७६, २८ माघ मंगलवार २०:०३ मा प्रकाशित ( ४ साल अघि) १७८५७ पाठक संख्या

दिल्ली विधानसभा चुनाव २०२० मा आम आदमी पार्टी ६३ सिटले विजयी हािसल गरेकाे छ । भने भारतीय जनता पार्टी (भाजपा) ले सात सिटमा जित प्राप्त गरेको छ । जीतसँगै आम आदमी पार्टका अध्यक्ष अरविन्द केजरीवालले “गजब गरे दिल्लीबासीले…आई लव यू भनेर सबाेधन गरेका छन

दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्ने हुन्छ तर ६३ सिटको जितसंगै दिल्लीको सत्ता आम आदमी पार्टीको भएको छ ।

उनले आफ्नो जीतलाई दिल्लीका हरेक दिल्लीबासी र विकासको जित भएको बताएका छन् । केजरीवालले भने, “ आज मंगलवार मतलब हनुमानजीको दिन हो र उनले दिल्ली माथि आफ्नो कृपा बरसाई राखेका छन् ।”

उनले भने यो दिल्लीको हरेक परिवारको जीत हो जसलाई निशुल्क बिजुली बालबालिकाको राम्रो शिक्षा र अस्पतालमा राम्रो उपचार प्राप्त भएको छ ।

दिल्लीमा लगातार दोश्रो पटक एकतर्फी जीत प्राप्त भए पश्चात् आम आदमी पार्टी अध्यक्षले यसलाई नयाँ प्रकारको राजनीतिको शुरुवात भएको बताएका छन् ।

खबर एक्सप्रेस