आज:  | Mon, 25, Sep, 2023

सन्दिप नाममा ६ विकेट नेपालले बनायो एकदिवसीय क्रीकेटमा कृतिमान

२०७६, २९ माघ बुधबार ११:२५ मा प्रकाशित ( ३ साल अघि) १९७४८ पाठक संख्या

क्रीतिपुरको टियु मैदानमा भैरहेको नेपाल,अमेरिका र ओमान सम्मिलित आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत त्रीकोणात्मक एकदिवसीय क्रीकेट मा नेपालले अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गरेको छ ।
यसअघि श्रीलंकाले जिम्बाबेको हरारेमा सन् २००४ मा जिम्बाबेलाई १८ ओभरमा ३५ रनमा अलआउट गरेको थियो ।
यो संगै यो एकदिवसीय क्रीकेटमा दोस्रोपटक समान सबैभन्दा कम स्कोर भएको छ ।
सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ ।

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो ।

तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले ।
त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो ।

अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।

खबर एक्सप्रेस