आज:  | Tue, 26, Sep, 2023

नेपाल एयरलाइन्सका पाइलटले चीन उड्न मानेनन

२०७६, २९ माघ बुधबार २१:०९ मा प्रकाशित ( ३ साल अघि) १६५५५ पाठक संख्या

नेपाली विद्यार्थीहरुलाई उद्दार गर्नका लागि नेपाल सरकारले नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरेको थियो तर नेपाल एयरलाइन्सका पाइलटले चीन उड्न मानेनन उडानको तयारी गर्न रोस्टर बनाउँनै लाग्दा प्रस्ताबित पाइलट र क्रुले चीन जान नसक्ने भनेपछी केही समस्या देखिएको छ ।चीनको वुहान र अन्य स्थानबाट १ सय ८० जना नेपाली विद्यार्थीलाई उद्दार गर्न सकेसम्म फागुन ३ गते जहाज पठाउने तयारी भएको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

सरकारले चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भनेर भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको दुईटा भवन खाली गराएको छ।

खबर एक्सप्रेस