राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज काठमाडौँमा सम्पन्न भएको राप्रपाको बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखीकरण बैठकमा अहिलेको सरकार असफल भएको साथै प्रमुख प्रतिपक्षी दल काँग्रेस पनी प्रभावहीन भएकोले भन्दै काङ्ग्रेस र कम्युनिस्टको विकल्पमा राप्रपालाई अगाडि बढाउनका लागी कार्यकर्ताको मेहनत र प्रतिबद्धता आवस्यक रहेको भन्दै संकल्प सहित केन्द्रीय महाधिवेशन जुटन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
बैठकमा केन्द्रीय पदाधिकारी सदस्य, प्रदेश समिति, जिल्ला-नगर-क्षेत्र र गाउँ पालिका प्रमुख र जनवर्गीय सङ्गठनका प्रमुखहरू सहित बागमती प्रदेशका तेह्र जिल्लाका तीन सय पाँच प्रतिनिधिको सहभागिता रहेको थियो ।
तस्वीर : मोहन श्रेस्ठ प्रचार विभाग प्रमुख