आज:  | Tue, 16, Apr, 2024

जब आफ्नै भाईले सलाम ठोक्दै पुष्पगुच्छा दिए…

२०७६, १ फाल्गुन बिहीबार ००:३३ मा प्रकाशित ( ४ साल अघि) १७२३७ पाठक संख्या

प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएका ठाकुर प्रसाद ज्ञवालीले गृहसचिव महेश्वर न्यौपानेको हातबाट प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह पाएसँगै उहाँ कार्यभार सम्हाल्न र स्वागत कार्यक्रममा सहभागी हुन प्रहरी मुख्यालय नक्साल पुग्नुभयो । 

जब त्यहाँ विभिन्न कार्यालयका प्रहरी अधिकारीले उहाँलाई सलाम ठोक्दै  पुष्पगुच्छा दिएर स्वागत गर्दै थिए त्यही भिडमा  प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले आँखा रसाउदै गर्ब महसुश गर्दै आफ्नै दाजुलाई सेल्युट गरे र पुष्पगुच्छा दिए एउटै आमाको कोखबाट जन्मिएका माइला छोरा ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक बन्नुभयो भने कान्छा छोरा श्याम ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी हुनुहुन्छ ।

विसं २०२२ असोज २८ गते प्युठानमा जन्म भई २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नु भएका प्रहरी महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।

खबर एक्सप्रेस