ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल २०६६ मा र पूर्वप्रधानमन्त्री भट्टराई २०६९ मा प्रधानमन्त्री हुनुहुन्थ्यो ।
अख्तियारले गत बुधबार तत्कालिन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।तर अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ।