अंग्रेजी महीना फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात प्रेमदिवसका रूपमा मनाउने प्रचलन बढदै गएको छ ।
पछिल्लो एक सातामा मात्रै भारतबाट १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार करिब २ लाख थान गुलाब आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १८ लाख बराबरको गुलाब आयात भएकोमा यो सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको हो। संघका अनुसार अघिल्लो वर्ष यस समयमा १ करोड ५० लाख बराबरको गुलाब आयात भएको थियो ।
व्यवसायीका अनुसार नेपालमा अधिकांश गुलाब भारतको नयाँ दिल्ली, कोलकाता र बैंग्लोरबाट आउछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।