आज:  | Wed, 27, Mar, 2024

चलचित्र ‘प्रेम गीत३’ का क्रान्तिवीरको पहिलो तस्बिर सार्बजनिक

२०७६, ३ फाल्गुन शनिबार १८:२७ मा प्रकाशित ( ४ साल अघि) ५५२७४ पाठक संख्या

वर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ चैत २८ देखि रिलिज हुँदैछ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको सिनेमाको गीत हात्ती ढुँगामा’ भिडियो रिलिज गत साता युट्युब ट्रेन्डिङ एकमा समेत पर्न सफल भयो । उक्त गीत अहिले टिकटकमा भाइरल भैरहेकोछ ।

यसै बिच आज निर्माण टिमले फिल्मका मुख्य कलाकार प्रेम पुरी अर्थात क्रान्तिवीरको पहिलो तस्बिर सार्बजनिक गरेकोछ । जस्मा उनी एक योद्धाको रूपमा प्रस्तुत भएका छन ।

यो फिल्मको छायाँकन राजेश श्रेष्ठले गरेका हुन भने कबिराज गहतराजको नृत्य रहेको छ सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् ।
छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी भन्नेछ ।
चलचित्रमा ललित बिष्टको मुख्य सहायक निर्देशन गरेका हुन भने निर्माण टीमले केही दिन मै टेलर लंच गर्ने बताएको छ ।

‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता युवा स्टार प्रदीप खड्काको जोडीमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ रहेकी छिन। फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा अन्य कलाकारमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।
फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् । सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मले बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

खबर एक्सप्रेस