आज:  | Mon, 25, Sep, 2023

चीन गएको जहाजले १०जनालाई एयरपोर्ट मै छोडि उड़यो

२०७६, ३ फाल्गुन शनिबार २३:५३ मा प्रकाशित ( ३ साल अघि) २०५२३ पाठक संख्या

नेपाल एयरलायन्सको जहाज चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलमा पुगे लगत्तै त्यहाँबाट १७५ नेपाली लिएर त्यो जहाज नेपाल उडेको छ। कोरोना भाइरसको उद्गम थलो चीनको वुहान प्रान्तको आसपासबाट १८५ नेपाली जम्मा पारेकोमा विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा ६ जनालाई उच्च ज्वरो देखिएपछि उनीहरु उतै रोकिएका हुँन भने ४ जना स्वदेश फ़र्कन नमानेको दुताबास उपप्रमुख सुशील लम्सालले जानकारी दिएका छन

खबर एक्सप्रेस